सरकारका न्यूनतम साझा कार्यक्रम तयार

काठमाडौं । शुक्रबार अर्थ मन्त्रालयमा बसेको सत्तागठबन्धनमा आबद्ध दलहरुको कार्यदल बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा ७ दलबाट एक,एक जना प्रतिनिधि समावेश गरेर न्यूनतम साझा कार्यक्रम तयार पारिएको छ । तयार भएको उक्त न्यूनतम् साझा कार्यक्रम शनिबार सार्वजनिक गरिने बताइएको छ ।

शनिबार सत्तागठबन्धनका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएपछि अध्ययनपश्चात् आवश्यक थपघट गर्नुपरेमा थपघट गरेर सार्वजनिक गरिने भएको छ । न्यूनतम् साझा कार्यक्रमभित्र आर्थिक समृद्धि, विकासलगायत थुप्रै पाटोलाई जोड दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *