माघ ७ भित्रमा सभामुखको निर्वाचन

काठमाडौं। शुक्रबार ज्येष्ठ सदस्य तथा सभामुख पशुपति शमशेर जबराको अध्यक्षतामा नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकले आगामी माघ ७ गते भित्रमा प्रतिनिधिसभाको सभामुखको निर्वाचन गरिसक्ने सहमति जुटाएको छ ।

संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ। सो व्यवस्था अनुसार आगामी माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न लगभग सहमति जुटेको काँग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । त्यस्तै, सभामुख निर्वाचित भएलगत्तै ९ गतेभित्र उपसभामुखको उपनिर्वाचन गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *