काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ३ हजार ३०० पुगेको छ। गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ३०० रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँ थियो।
त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ। यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। १५ रुपैयाँ मूल्य बढेसँगै आज चाँदीको कारोबार प्रतितोला १३ सय ८० रुपैयाँमा भइरहेको छ।