२०.६८ अङ्कले बढ्यो नेप्से

काठमाडौं। शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६८ अङ्कले बढेर दुई हजार एक सय ६४ दशमलव ६२ विन्दुमा पुगेको छ । आज माइक्रोफाइनान्स, उत्पादन र बैंकबाहेक अरू समूहको शेयर बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ ।

आज दुई सय ५९ वटा कम्पनीका एक करोड ४१ लाख कित्ता शेयर पाँच अर्ब ४५ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको २१ करोड र शिवम् सिमेन्टको साढे १९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज बलेफी हाइड्रो र खप्तड लघुवित्तको शेयर १० प्रतिशत तथा ङादी ग्रुप पावर, हिमालयन एभरेष्ट इन्सुरेन्स, मनकामना स्मार्ट लघुवित्त र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर नौ प्रतिशतभन्दा धेरेले बढेको छ । समग्रमा बजार बढे पनि बुद्धभूमि हाइड्रो, विन नेपाल लघुवित्त र सृजनशील लघुवित्त कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us