शिक्षक सेवा आयोगको परीक्षा आजबाट सुरु

काठमाडौँ । स्थायी शिक्षकका लागि मंगलबारदेखि शिक्षक सेवा आयोगको परीक्षा सुरु भएको छ।

१७ हजार २ सय भन्दा धेरै स्थायी शिक्षकका लागि परीक्षा सुरु भएको हो । नतिजा प्रकाशन तथा नियुक्ति प्रक्रिया पूरा गर्नका लागि एक वर्ष लाग्ने छ ।

मंगलबार मावि तहका शिक्षकको परीक्षा सुरु भएको हो । चैत १७ गते निमाविको, १९ गते प्राविको र २१ गते आन्तरिक बढुवातर्फको परीक्षा हुने शिक्षक सेवा आयोगले जनाएको छ ।

शिक्षक सेवा आयोगले माविमा १ हजार ५४७, निमाविमा २ हजार ५९८ र प्राविमा १३ हजार ९३ जनाका लागि विज्ञापन खुलाएको थियो । परीक्षामा ४० प्रतिशत अंक प्राप्त गरेमा उत्तिर्ण हुने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us