पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने सरकारको निर्णयको जसपाद्वारा विरोध

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने सरकारको निर्णयको विरोध गरेको छ । 

अध्यक्ष उपेन्द्र यादवले सरकारको यो निर्णय जनआन्दोलनको मर्म र भावना विपरीत भएको भन्दै विरोध जनाउनुभएको छ । यसबाट विविधतामा एकता नभई एकतामा विभेद उत्पन्न गर्ने यादवको दावी छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय यही पुस २५ गते गरेको थियो ।

गृह मन्त्रालयले सूचना जारी गरी पुस २७ गते देशभर र विदेशस्थित राजदूतावास तथा कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *