काठमाडौं। मधेस प्रदेशमा ४ सदस्यीय मन्त्रिमण्डल विस्तार हुने भएको छ। सत्ता गठबन्धनको निर्णयअनुसार एमालेबाट सरोजकुमार यादव, जसपाबाट सञ्जयकुमार यादव र जनमतबाट वसन्तकुमार कुशवाह मन्त्री बन्न लाग्नुभएको हो।
उहाँहरुले बिनाविभागीय मन्त्रीको रूपमा सपथ लिन लाग्नुभएको हो। सत्ता गठबन्धनमा मन्त्रालय बाँटफाँटमा सहमति नभएपछि बिनाविभागीय मन्त्रीको रुपमा पार्टीहरुले आफ्ना नेतालाई सरकारमा पठाएका हुन्। नवनियुक्त मुन्यमन्त्री सरोजकुमार यादवले प्रदेशप्रमुख हरिशंखर मिश्रबाट सपथ लिएलगत्तै ४ सदस्यीय मन्त्रिण्डल विस्तार गर्न लाग्नुभएको हो।
भौतिक पूर्वधार तथा विकास, सामाजिक विकास, आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन तथा वन मन्त्रालय मध्ये एक–एकवटा मन्त्रालय लिने सत्तारुढ गठबन्धनले मापदण्ड बनाएको थियो तर त्यसमा कुन मन्त्रालय कुन पार्टीले लिनेबारे कुरा मिलेन।