घनश्याम भुसाल नेकपा एसमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीक अध्यक्ष माधवकुमार नेपालले अब नयाँ विचारका साथ अघि बढ्नुपर्ने बताउनु भएको छ। आलोकनगरस्थित पार्टी कार्यालयमा घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै नेपालले पुरानो विचारले पार्टी नबन्ने बताउनु भएको हो। ‘उही विचार रहेसम्म पार्टी बन्दैनन्। यो नयाँ सुरुवात हो। आन्दोलनलाई व्यपक बनाउनु पर्छ।’

नेकपा एमाले टुक्रनु अघि भुसाल नेपाल समूहमा नै हुनुहुन्थ्यो। तर, नेपालले एमालेबाट अग्गलिएर नयाँ पार्टी बनाए पनि उहाँ एमालेमा नै रहनु भएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा टिकट नदिएपछि उहाँ पार्टी त्याग्तै रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो।

आज भुसालले अर्याल होटलमा कार्यक्रम गरि एकीकृत समाजवादी प्रवेश गरेको स्वघोषणा गर्नुभएको थियो। सो घोषणापश्चात आलोकनगर पुग्नुभएका भुसालले नेपाल लगायत पार्टीका नेताहरुले स्वागत गर्नुभएको थियो। सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले पुराना कुरालाई समीक्षा गर्दै अघि बढ्नु पर्ने बताउनु भयो। कम्युनिष्टहरुलाई एकताबद्ध गराउने संकल्प आफूहरुको रहेको नेपालले बताउनु भयो।

‘अब पुरानो रबैयाले चल्दैन। पुरानो कुराको समीक्षा गरेर अगाडी बढनु पर्छ। हामीले पार्टीलाई नयाँ ढंगले अगाडि लैजाने, इमान्दार कम्युनिस्टलाई एकताबद्द बनाउने संकल्प गरेका छौं,’ नेपालले भन्नुभयो। उहाँले पार्टीभित्र रहेका विकारहरुको खोजी गरि सुधार गर्नुपर्नेमा पनि जोड दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *