काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गर्नुभएको हो । विमान दुर्घटनाको बारेमा प्रभावकारी उद्दारका गर्नका लागि उहाँले सरकारसँग आग्रह समेत गर्नुभएको छ।