काठमाडौं । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि सरकारले सोमबार सावर्जनिक विदा दिने निर्णय गरेको छ। । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले सावर्जनिक विदा दिएर शोक मनाउने निर्णय गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०ः२५ मा उडेको यो विमान २५ मिनेटमा पोखरा अवतरण गर्नुपर्ने थियो । घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ ।
विमान दुर्घटनामा परेकाहरुको पार्थिक शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने पनि उपप्रधानमन्त्री विष्णु पौडेलले जानकारी दिए ।