काठमाडौं। कम भिजिविलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण हिजो बाटै प्रभावित भइरहेको छ।
आज पनि बिहानैदेखि काठमाण्डौको मौसम धुम्म छ । त्यसैकारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । भिजिविलिटी कम हुँदा हिजो दिउँसो पनि त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको थियो ।
आज हिजोजस्तो असर नरहेको र मौसममा सुधार हुनेबित्तिकै उडान अवतरण नियमित हुने प्रवक्ता सिटौलाले जानकारी दिनुभयो ।