काठमाडौं । सरकारबाट बाहिरिने चेतावनी दिएको सीके राउत नेतृत्वको जनमत पार्टीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले छलफलका लागि बोलाउनु भएकाे छ ।
जनमत पार्टीबाट सरकारमा सहभागी मन्त्री अब्दुल खान प्रधानमन्त्रीसँग छलफलका लागि जाने उक्त पार्टीकाे सचिवालयले जनाएकाे छ ।
आइतबारसम्म मन्त्रालय परिवर्तन नगरे सरकार छोड्ने चेतवनी दिएकाे जनमत पार्टीलाई अन्तत: प्रधानमन्त्री दाहालले छलफलका लागि बलाउनु भएकाे हाे ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि संसद्बाटै सरकार र त्यसमा संलग्न अन्य पार्टीहरूको रवैयाप्रति आपत्ति जनाउनु भएकाे थियाे । मधेस केन्द्रित दलहरूलाई शक्ति बाँडफाँटमा कम आँकेको भन्दै उहाँले यसविरुद्ध प्रतिकार हुने चेतावनी दिँदै आउनु भएकाे छ ।