निर्वाचनमा पर्यवेक्षणमा भाग लिन इच्छुक संस्थालाई निवेदनको आह्वान

काठमाडौं। निर्वाचन आयोगले आउदै गरेको स्थानीय तह निर्वाचनमा पर्यवेक्षणमा भाग लिन इच्छुक संस्थालाई निवेदन पेश गर्न आह्वान गरेको छ ।

विगतको अभ्यास र अन्तर्राष्ट्रिय प्रचलन समेतका आधारमा राष्ट्रिय संस्थाहरुलाई मात्र पर्यवेक्षण गर्न अनुमित दिने आयोगले जनाएको छ । इच्छुकले चैत २७ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ । पर्यवेक्षण अनुमतिका लागि निवेदन दिन आयोगमा रहेको निर्वाचन पर्यवेक्षण श्रोत केन्द्रबाट युजरनेम र पासवर्ड प्राप्त गर्नुपर्ने बताइएको छ ।

युजरनेम र पासवर्ड प्राप्त गर्न पर्यवेक्षण गर्न चाहने संस्थाले संस्थाको आधिकारिक पत्र आयोगको ईमेल ठेगानामा पठाउनु पर्नेछ । प्राप्त कागजात अध्ययन गरी, पर्यवेक्षण अनुमतिको जानकारी संस्थाको आधिकारिक ईमेलमा पठाइने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us