स्पष्ट ‘बिजनेस प्लान’ बनाउन सचिव अधिकारीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल वायुसेवा निगमलाई जहाज किन्नु अगाडि स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिनुभएको छ ।

सोमबार नयाँ पर्यटनमन्त्री सुदन किरातीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै अधिकारीले नेपाल वायुसेवा निगमले थप जहाज खरिद गर्नुअघि मन्त्रालयलाई स्पष्ट ‘बिजनेस प्लान’ बनाउन निर्देशन दिनुभएको हो ।

उहाँले निगमलाई जहाज आवश्यक रहेको भन्दै जहाज खरिदको लागि स्पष्ट बिजनेस प्लान बनाउन निगमलाई आग्रह गर्नुभयो । उहाँले कुनै पनि वायुसेवा कम्पनी उडानमा केन्द्रित हुनुपर्ने भन्दै जहाज उडानलाई नै प्राथमिकता दिन निर्देशन दिनुभयो । उहाँले निगमले नेपालका दुर्गम र पहाडी क्षेत्रको मागलाई धान्न नसकेको बताउनुभयो ।

उहाँले वाइडबडीले बिजनेस नपाएको भन्दै ३३० को वाइडबडीका लागि नयाँ गन्तव्यको लागि पहिचान गर्ने र उडान भर्नसक्ने क्षमता विकास गर्नुपर्ने भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *