सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा रहेको पशुपालन फर्ममा आगलागी भएको छ । इन्द्रावती गाउँपालिका ६ स्थित एक फर्ममा करेन्ट सर्ट भएर आगलागी हुँदा टहरा सहितका अन्य सामान जलेर नष्ट भएको हो ।
आगलागीमा पराल, धान, लत्ताकपडा सहित फर्मको संरचना सबै ध्वस्त भएको फर्म सञ्चालक अनिश सञ्जेलले जानकारी दिए । बिहान ८ बजेबाट लागेको आगो स्थानीय र प्रहरी समेतको सहायतामा नियन्त्रणमा लिईएको हो ।
फर्ममा रहेका चौपाया भने बाहिर सारेको अवस्थामा हुनाले क्षति नभएको सञ्जेललको भनाई छ । फर्ममा करिब १० लाख बराबरको क्षति भएकाले सरकारसँग राहात दिनुपर्नेमा उनीहरुको जोड छ ।