एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा वामदेव गौतम

काठमाडौं । नेकपा एमाले परित्याग गरेर स्वतन्त्र बसेका नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी सुरु गरेका छन् । पटकपटक पार्टी अफिस पुगेर अध्यक्ष माधव कुमार नेपालसँग वार्ता गरेका उनी केही समयभित्रै प्रवेश गर्ने स्रोतले बताएको हो ।

उनलाई विहीवार मात्रै पनि एकीकृत समाजवादी निकट प्रेश संगठनका नेताले भेटवार्ता गरेका छन् । भेटवार्ता पछि पार्टी प्रवेश गर्ने विषय छिट्टै तय हुने एक नेताले जानकारी दिए ।

उनले पार्टी प्रवेशको तयारी पहिला नै गरेपनि सिद्धान्त र केही विषयमा विवाद भएपछि केही समयको लागि रोकिएको थियो । अब, भने उनी एकीकृत समाजवादीको केन्द्रमा रहेर काम गर्न इच्छुक देखिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *