काठमाडौं। बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ बिक्री खुला गर्न लागेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा १८ करोड २७ लाख ९७ हजारबराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो।
कम्पनीले गर्न लागेको कुल निष्कासनबाट ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्ने छ।