टाईगर कप अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब तेस्रो

काठमाडौं । तेस्रो संस्करणको टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब तेस्रो भएको छ ।

पोखरा रंगशालाको कभर्ड हलमा शनिबार भएको खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिस तेस्रो भएको हो ।

आर्मीविरुद्ध पुलिसले २५–२२, १८–२५, २१–२५ र २०–२५ को सेटमा जित निकालेकको हो । तेस्रो भएसँगै पुलिसले १ लाख २५ हजार रुपैयाँ तथा चौथो भएको आर्मीले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुरुषतर्फ उपाधिको लागि विभागीय टोली नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशबीच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *