काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रवि लामिछानेको नागरिकता प्रकरणले देशमा कानुनी राज्य छ भनेर गतिलो उदाहरण देखाएको बताएका छन्।
आज विराटनगरमा आयोजित नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम प्रदेश अधिवेशन उद्घाटनमा नेता कोइरालाले आफू गृहमन्त्री भएकाले लामिछानेले आफ्ना पक्षमा सम्पूर्ण राज्य संयन्त्र प्रयोग गरे पनि त्यसलाई चिर्दै अदालतले सही न्याय सम्पादन गरेको बताए।
मुलुकबाट न्याय मरिसकेको भनेर न्यायलयप्रतिको घट्दो विश्वासलाई शुक्रबार सर्वोच्च अदालतले गरेको फैसलाले विश्वासको सञ्चारमा मद्दत पुगेको नेता कोइरालाको भनाइ छ।