देवेन्द्र धिताल ।
हिजो सम्झनामा अस्तिको मिठासपूर्ण पल
कन्चन नदि सुरमयि संगित कलकल
हिजोको गडगडाउँदो भेल अनपेक्षित
आवाज नबन्दै गलामै अड्कियो गित
अन्याय पिडाको रोदनमा निरन्तर विलाप
आफू प्रताडित भएँ भन्ने कुण्ठाको न्यानो ताप
अभागि राम्रो म दानवपूर्ण संसारमा गिजोलिएँ रे
म त कमल थिएँ हिलोले गर्दा ओइलाएँ रे
आज सम्झिँदा हिजोको तुफानि भेल
जसले मेट्यो आँखाको धुलो बगायो मनको मएल
पवित्र र निश्चल रहेछ अस्तिको त्यो पल
हर क्षणको तरङ्गमा लुकेका चिरकालिन गुन्जिरहने गजल
खुसिमा छैन मेरो एकाधिकार पिडामा सबैको साझेदारी
मेरो र सबैको हिस्साको काँडा र फूल मेरै जिम्मेवारि
त्यागि कुण्ठा घृणा अँगाल्न सके सत्य र प्रेम सहित कर्तव्य
कोयल सरि गाउँदो हो जिवन गरि मयुरसरि नृत्य !