रवि लामिछानेको पुरानो नागरिकता पुनः कायम

काठमाडौं। रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ । नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुग्नुभएका लामिछानले नागरिकता ऐनको दफा ११ बमोजिम कागजात पूरा गरेर नागरिकता लिनुभएको हो।

उहाँले स्थानीय प्रशासनको सिफारिस अनुसार नागरिकता पाउँ भनेर दिएको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकताको प्रमाणपत्र दिएको स्वकीय सचिव दीपक बोहोराले बताउनुभएको छ । उहाँको पुरानै नागरिकता कायम भएको जिल्ला प्रशासनल कार्यालय काठमाडौंले जनाएको छ ।

यसअघि नै नेपालको नागरिकता लिइसक्नुभएका लामिछानेले अमेरिका गएपछि उतैको नागरिकता लिँदै नेपाली नागरिकता त्याग्नुभएको थियो । तर अमेरिकी नागरिकता परित्याग गरेपछि पुनः नयाँ प्रक्रियाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुपर्नेमा पुरानै नागरिकताको आधारमा प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिनुभएको थियो ।

सांसद हुँदै उप्रधान एवम् गृहमन्त्री बन्नुभएका लामिछानेको नागरिकता नै अवैध रहेको सर्वोच्चको फैसलापछि उहाँले पुनः नागरिकताको प्रमाणपत्र लिनुभएको हो । अवैध नागरिकताकै कारण उहाँको सांसद र मन्त्री पद खारेज भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *