राजधानीमै विदेशी ब्राण्डकाे नक्कली मदिराको कारोबार

काठमाडौं । कारखाना सञ्चालन गरेर राजधानीमै नक्कली मदिराको कारोबार भइरहेकाे प्रहरीले फेला परेकाे छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी नक्कली मदिराको कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

सो कम्पनीमा नेपाली मदिराको ब्राण्ड पनि नक्कली बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दोलखाको कालीञ्चोकका निरज पौडेलसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एक जना सञ्चालक र दुई जना विक्रेता भएको प्रहरीले जनाएको छ । नक्कली मदिरा कुपण्डोल, नयाँ बसपार्कलगायतका क्षेत्रबाट विक्री हुने गरेको खुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *