नहरपुर जोड्ने सडक निर्माण सुरु

बुटवल । बुटवलको बुद्धनगरदेखि नहरपुर जोड्ने सडक निर्माणको काम सुरु भएको छ ।

बुटवल ११ बुद्धनगर तिनाउ पुलदेखि नहरपुर झोलुंगे पुलसम्मको सडक विस्तार तथा कालोपत्रे गर्ने कामको सोमबार शिलान्याश भएको हो ।

बुद्धनगरमा एक कार्यक्रमकाबीच नगर प्रमुख खेलराज पाण्डेले सडकको शिलान्यास गर्नुभयो । सडकको शिलान्यास गर्दै प्रमुख पाण्डेयले बुद्धनगरदेखि नहरपुरसम्मको सडक विस्तारका क्रममा स्थानीयलाई साथमा लिएर काम अघि बढाउने बताउनुभयो ।

पूर्वपश्चिम राजमार्गको तिनाउँ पुल निर्माणको काम शुरु भएपछि वैकल्पिक सडकका रुपमा प्रयोग हुने गरी सडक विस्तार गरिने छ । उपप्रमुख सावित्रादेवी अर्यालले समयमै काम सम्पन्न गर्न स्थानीयले साथ दिनुपर्ने र नियमित रुपमा अनुगमन गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us