काठमाडौं। रबि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । उहाँहरुबीच मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
सभापति लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न मंगलबार बिहान बालुवाटार पुग्नुभएको हो। सर्वोच्च अदालतले नागरिकता अवैध घोषणा गरेपछि गृहमन्त्री पद गुमाउनु भएका लामिछाने पुनः सोही पदमा फर्कनका लागि दौडधुपमा रहनुभएको छ। पार्टीले आधिकारिकरुपमा नै गृहमन्त्री फेरि रास्वपाले पाउनुपर्ने दाबी पेश गरेको छ ।
यसअघि आइतबार साँझ पनि लामिछाने बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेट्नुभएको तियो। अमेरिकी नागरिकता त्यागे पनि उहाँले नेपाली नागरिकता पुनः प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले उहाँको सांसद पदसमेत बदर गरिदिएको थियो। प्रधानमन्त्री प्रचण्ड र लामिछानबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।