काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुन सहित दुबईबाट नेपाल आएका क्यानडाका नागरिक पक्राउ परेका छन्।
यूएईको दुबईबाट फ्लाई दुबईको एफ-२५७३ को उडानबाट नेपाल आएका आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई बुधबार राति १२ बजे प्रकाउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलले जानकारी दिए।
भन्सार कार्यालयको टोलीले चेकजाँच गर्ने क्रममा माहगौबलाई सुन सहित पक्राउ गरिएको पोखरेलले बताए। घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ।