काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने निर्णय गरेकाे छ । पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको चार घण्टा बसेको संयुक्त बैठकले दुई दिन पर्खिने निर्णय गरेको हो ।
यस्तै सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय पनि राष्ट्रिय स्वतन्त्र पार्टीले हाे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालका अनुसार बैठकमा अहिलेसम्म बोलेका अधिकांश केन्द्रीय सदस्य र सांसदहरूले हतारिएर सरकारबाट बाहिरिन नहुने धारणा राख्नु भएकाे छ । माघ १३ गते नागरिकताको मुद्दामा अदालतको फैसलाले उपप्रधानसहित गृहमन्त्री रहेका रवि लामिछानेले पद गुमाएका थिए ।