सरकारलाई दिएको समर्थन फिर्ता लिने यादवको चेतावनी

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएकाे छ ।

बिहीबार वीरगन्जमा आयोजित पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई उहाँले संघीयताविराेधी षड्यन्त्र भइरहेकाे भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएकाे हाे ।

उहाँ भन्नुभयाे, ‘यदि संघीयता र समावेशीताविरुद्ध सत्ताधारी दल र मन्त्रीहरू लागिरहे सरकारलाई दिएको समर्थन फिर्ता लिएर जसपा सडक संघर्षमा उत्रिन्छ।’ साेही क्रममा उहाँले सडक संघर्षका लागि नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *