घनश्याम भुसाल सवार गाडी दुर्घटना

काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल दुर्घटनामा पर्नुभएको छ। उहाँ सवार गाडी डिभाइडरमा ठोक्किएपछि भुसाल घाइते हुनुभएका हो।

शुक्रबार बिहान बबरमहल हुँदै शान्तिनगरस्थित पार्टी कार्यालयतर्फ जानेक्रममा उहाँ सवार गाडी नयाँ बानेश्वरस्थित सडकमा रहेको डिभाइडरमा ठोक्किएपछि उहाँलाई सामान्य चोट लागेको छ। भुसालको निजामती अस्पताल मिनभवनमा उपचार भइरहेको उहाँ निकट गौतम राईले जानकारी दिनुभयो। भुसालको अवस्था सामान्य रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us