लुम्बिनी प्रदेशसभा बैठक पुनःसुरु

काठमाडौं। शुक्रबार बसेको लुम्बिनी प्रदेशसभाको पाँचौं बैठकमा नागरिक उन्मुक्ति दलका सांसदहरूले सांसद अरुणकुमार चौधरी पक्राउको विरोधमा उठेर विरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । स्थगित बैठक अहिले पुनः सुरु भएको छ ।

शुक्रबार बैठक सुरु हुनासाथ नागरिक उन्मुक्तिका प्रदेश सांसदहरूले आसनबाट उठेर विरोध गरेका थिए । उनीहरुको विरोधपछि सभामुख वसन्त घर्तीले १५ मिनेटका लागि बैठक स्थगित गरेको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us