सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा आज बिहान स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
मलङ्गवा नगरपालिका–४, मा मलङ्गवाबाट गम्हरीयातर्फ आउँदै गरेको जेसीस अङ्ग्रेजी आवासिय विद्यालयको ना १ क ४९५१ नम्वरको बसले ठक्कर दिँदा कविलासी नगरपालिका–९ बस्ने जुगेश्वर महतोका छोरा वर्ष १८ का दीपेन्द्र महतोको मृत्यु भएको हो।
बसले मलङ्गवातर्फ गइरहेको बीआर ०६ पीबी ३५१३ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार कविलासी नगरपालिका– १० बस्ने हृदयनारायण महतोकी छोरी १७ वर्षीया सबनम गुप्ता र जगदिस महतोकी छोरी १७ वर्षकै पूजाकुमारी महतो घाइते हुनुभएको छ । उहाँहरुलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको सर्लाहीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।