काठमाडौं । समाजसेवी माधवलाल कर्माचार्यको जन्मोत्सवमा प्रदान गरिदै आएको शैक्षिक छात्रवृत्ति कोषबाट यो वर्ष गरीमा थापा पुरस्कृत हुनुभएको छ । चौतारा निवासी थापालाई नगद २० हजार सहित पुरस्कृत गरीएको हो । श्री कृष्ण रत्न गंगा माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्यनरत थापाले विज्ञान संकायमा ३ दशमलव १४ जिपिए अंक ल्याएर जिल्ला प्रथम बन्नुभएको हो ।
माधवलाल कर्माचार्यको जन्मदिनको अवसरमा हरेक वर्ष छात्रवृत्ति र सम्मान कार्यक्रम गरिदै आएको छ । यस वर्ष उत्कृष्ट लाई पनि सम्मान गर्ने कार्यक्रम तय गरिएअनुसार सम्मान गरीएको कोषका अध्यक्ष तथा पुर्व सांसद सुभाष कर्माचार्यले बताउनुभयो । यस्तै जिवन कालमा उल्लेख्य योगदान गरेका समाजिक ब्यक्तित्व राम वहादुर कार्की पनि सम्मानित हुनुभएको छ ।
स्याउलेको अर्चलेमा जन्मिएर हाल चौतारा बस्दै आउनु भएका कार्कीले विजवनकालमा समाजसेवा ,शिक्षा र राजनितिक क्षेत्रमा त्रियामिक भुमिका खेल्नुभएको छ । दशकौं अघि अन्तरजातीय विवाह गरेर समाजसँग विद्रोहको हिम्मत राख्ने कार्की ७८ वर्षको पुग्नुभयो । हाल उहाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थामा अध्यक्षको रुपमा सक्रिय हुनुहुन्छ ।