काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चालन खर्च कम गरी गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लाई निर्देशन दिएकी छन् । नेपाल टेलिकम १९ औं वार्षिकोउत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले न्यूनतम खर्चमा अधिकतम उत्पादकत्व हासिल गर्ने गरी काम गनुपर्ने बताइन् ।
‘न्यूनतम सञ्चालन खर्चमा अधिकतम उत्पादकत्व हासिल गरी ग्राहक सेवालाई युणस्तरीय सस्तो र सर्वसुलभ बनाउनु आवश्यक छ’, उनले भनिन् ‘कर्मचारी सेवा सुविधालाई वृद्धि गर्ने मात्र नभई राज्य र लगानीकर्तालाई अधिकतम प्रतिफल दिनुपर्ने दायित्व नेपाल टेलिकमसँग छ ।’ सञ्चालक खर्च कम गर्ने दायित्व उच्च व्यवस्थापनदेखि सबै तहका विभागीय नेतृत्वको भएको मन्त्री शर्माको भनाइ छ। टेलिकममा हाल ३ हजार ८ सय कर्मचारी कार्यरत छन् ।