नेपाली कांग्रेसका संस्थापन र इतर समूहवीच ढुङ्गा हानाहान

काठमाडौं । नेपाल विद्यार्थी (नेवि) संघ का दुई समूहबीच बानेश्वरकाे मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ । संस्थापन र इतर पक्षका समूह वीच ढुङ्गा हानाहान भएको हाे ।

जिल्ला प्रहरी परिसर काठमाडाैंका अनुसार मीनभवन क्याम्पसमा ढुङ्गा हानाहानकाे जानकारी आउन साथ अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले ढुङ्गा हानाहान भएपछि अहिले त्यहाँ अन्य विभिन्न इकाईबाट प्रहरी टोली खटाइएकाे बताउनु भयाे ।

शेखर-गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति सृजना भएकाे बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *