एमाले बागमती प्रदेश कमिटी सदस्य तामाङ् नेकपा एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य उपेन्द्र तामाङ् नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।

नेकपा एमाले परित्याग गरी उहाँलाई एकीकृत समाजवादीमा समाहित हुनुभएको हो । उहाँलाई नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलानाथ खनालले एक कार्यक्रमकाबीच प्रवेश गराउनुभएको हो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा मेलम्ची नगर उपप्रमुख भगवती नेपाल, नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोक जिल्ला अध्यक्ष नवराज पौडेल तथा नेकपा एकीकृत समजवादी सिन्धुपाल्चोक जिल्ला कमिटी सचिवालय सदस्य रवि कुमार भण्डारी लगायत अन्य नेता कार्यकर्ताको पनि उपस्थिती रहेको थियो।

पछिल्लो समय सिन्धुपाल्चोक जिल्लाबाट ठूलो संख्यामा नेकपा एमाले छोडने नेता कार्यकर्ता बढिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us