मधेस प्रदेश सरकारमा यादव थरको बाहुल्यता

जनकपुरधाम । मधेस प्रदेश सरकारमा यादव थरको बाहुल्यता देखिएको छ । १५ सदस्यीय मन्त्रिमण्डलमा ४० प्रतिशत यादव थरका छन् ।

तेस्रो विस्तारसँगै सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाए भेगीय, जातीय र लैंगिक समावेशितामा भने मुख्यमन्त्री यादव चुकेका छन् । मन्त्रिपरिषद्मा यादव समुदायको सबैभन्दा बढी प्रतिनिधित्व गराइएको छ । महिलाको प्रतिनिधित्व पनि ३३ प्रतिशत पुगेको छैन ।

मधेस प्रदेशमा ११ मन्त्री र चार राज्यमन्त्री गरी सरोजकुमार यादव नेतृत्वको मन्त्रिपरिषद् १५ सदस्यीय भएको छ । सत्ता साझेदार दलले जातीय र लैंगिक सन्तुलन मिलाउन नसक्दा मन्त्रिपरिषदमा यादव जातिकै प्रतिनिधित्व हावी छ ।

१५ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्री, चार मन्त्री र एक राज्यमन्त्रीसहित ६ जना यादव समुदायका रहेका छन् । हरेक दलले आफनो तर्फबाट मन्त्री पठाउँदा सरकारमा नेतृत्व गर्ने जिम्मा यादव थरकै सांसदलाई दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *