सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमल शाह मुख्यमन्त्री नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख देवराज जोशीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गर्नु भएकाे हाे । विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल राजीनामा दिएपछि शाह मुख्यमन्त्री हुनुभएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us