यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-० गोल अन्तरले पराजित भएको हो ।

फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बनेको छ । बंगलादेश भने अपराजित रहदै च्याम्पियन बनेको छ । बंगलादेशलाई जित दिलाउन शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले एक एक गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us