काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभा सदस्य नरेश शाहीलाई सुदूरपश्चिम सरकारमा पठाउने भएको छ । बाजुराबाट निर्वाचित शाहीलाई सरकारमा पठाउने सहमति भएको नेकपा समाजवादीका एक नेताले जानकारी दिए ।
उनलाई मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गोनियताको सपथ लिएपछि मन्त्रीमा नियुक्त गर्नेछन् । समाजवादीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेको छ । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिदैछन् । लगत्तै दुई जना मन्त्रीले पनि सपथ लिनेछन् ।
नेपाली कांग्रेसले भने मन्त्रीबारे निर्णय लिन संसदीय दलको बैठक बोलाएको छ । केहीबेरमा प्रदेशसभा संसदीय दलको कार्यालयमा बस्ने बैठकले मन्त्रीको नाम टुंगो लगाउने एक सांसदले जानकारी दिए ।