मूलपानीबाट तेह्र वर्षीया दुई बालक वेपत्ता

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानीबाट दुई जना बालक बेपत्ता भएका छन्। मुलपानीकै राष्ट्रिय निर्माण माविमा कक्षा ५ मा पढ्ने सन्देश कार्की र किरण गौतम बुधबार बिहानदेखि बेपत्ता भएका हुन्।

स्कुल ड्रेस र किताब स्कुल नजिकैको झाँडीमा फालिएको अवस्थामा भेटिए पनि कार्की र गौतम भने अहिलेसम्म फेला नपरेको सन्देशी दिदी भवानी कार्कीले जानकारी दिइन्। उनीहरु दुवै जना १३ वर्षका छन्। प्रहरीले उनीहरुको खोजी कार्य जारी रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *