एक्सनमा महाप्रबन्धक न्यौपाने: उदयपुर सिमेन्टमा ५६ करोड लगानी थपेर उत्पादन बढाउने तयारी

काठमाडौं । निरन्तर घाटामा रहेको सरकारी स्वामित्वको उदयपुर सिमेन्टमा करिब ५६ करोड रूपैयाँ लगानी थपेर उत्पादन बढाउने तयारी गरिएको छ। उद्योगमा पुराना मेसिन हटाएर नयाँ मेसिन जडान, प्रविधिको प्रयोग गरी उद्योगको स्तरोन्नति गरी उत्पादन बढाउन लगानी थप्न लागेको उदयपुर सिमेन्टले जनाएको छ।

गत आर्थिक वर्ष २०७७/७८ सम्म ३०५ भन्दा कम उत्पादन रहेकोमा चालु आर्थिक वर्ष २०७८/७९ मा ३९/१९५ उत्पादन भएको छ उद्योगलाई नाफामा लैजान कम्तिमा ५०५ भन्दा बढी उत्पादन हुनुपर्ने न्यौापनेले बताए। निजी क्षेत्रले सञ्चालन गरेको उद्योग नाफामा रहे पनि सरकारी स्वात्विको उद्योग घाटामा रहेको छ। उद्योग आर्थिक वर्ष २०७७/७८ मा ३० करोड ६० लाख रूपैयाँ घाटामा थियो। त्यसअघि २०७६/७७ मा पनि ३३ करोड ३६ लाख रूपैयाँ घाटा थियो।

उद्योगको स्तरोन्नति गरेर क्षमता बढाउन ५६ करोड रूपैयाँ लगानी थप्ने गृहकार्य भैरहेको उदयपुर सिमेन्टका महाप्रबन्धक गोपिकृष्ण न्यौपानेले बताए। ४० करोड रूपैयाँ अर्थ मन्त्रालयबाट स्वीकृत गराएर वाणिज्य बैंकबाट र १६ करोड आन्तरिक श्रोतबाट लगानी गर्ने निर्णय भएको उद्योगले जनाएको छ। ‘४० करोड रूपैयाँ लगानी स्वीकृतिका लागि उद्योग मन्त्रालयबाट अर्थमा फाइल गएको छ,’ महाप्रबन्धक न्यौपानेले भने, ‘स्वीकृत भएर आएपछि काम अघि बढ्छ।’

तीन वर्षमा फिर्ता गर्ने गरी सरकारसमक्ष रकम माग गरेको उनले बताए। ‘५७ करोड माग गरेको भए पनि सरकारले ४० करोड रूपैयाँ लगानी थप्न सिफारिस गरेको छ,’ उनले भने, ‘तीन वर्षमा फिर्ता गर्ने गरी रकम माग गरेका हौं।’

अहिलेका मेसिन र प्रविधि पुरानो भएकाले उत्पादन बढाउन थप लगानी आवश्यक रहेको न्यौपाने बताउँछन्। उद्योगबाट पूर्ण क्षमतामा उत्पादन लिन स्ट्यार्करररिक्लाइमर, जिसिटी, कम्प्रेसररब्लोअर्स, २०।१ मिटर क्लिन सेल, बर्नर, जिबिएफ ब्याक फिल्टर, कोल मिल, सिमेन्ट मिलको ट्युनिङ बियरिङ, पिएलसी सिष्टम अपग्रेडेसन, रोपवे मर्मत, प्लाण्ट लिकेज कन्ट्रोल, इपी च्याम्बर मर्मत, ग्यास एनालाइजर लगायतको मुख्यमुख्य मर्मत सम्भार गर्न जरुरी रहेको उद्योगले जनाएको छ।

‘पुराना मेसिन फेर्न र नयाँ प्रविधि जडान गर्नुपर्नेछ,’ उनले भने, ‘प्रविधि जडान गरे २५ प्रतिशत कोइला खपत कम हुन्छ।’ ३० वर्ष पुराना मिल, मेसिनरीहरूको मर्मतसम्भार गर्न लगानी थप आवश्यक रहेको न्यौपानेको दाबी छ। लगानी गर्न सके दैनिक २२ हजार बोरा सिमेन्ट उत्पादन गर्न सकिने उद्योगले जनाएको छ।

उद्योगको पूर्ण क्षमता अनुसार उत्पादन बढाउने र आय आर्जन गर्ने योजना बनाएको जनाएको छ। ठूलो परिमाणमा रहेको खानीको उपयोग गर्ने नीति पनि उद्योगको छ। रोजगारी प्रवद्र्धन गर्ने, सिमेण्टमा आत्मनिर्भर बनाउन योगदान गर्ने, क्लिंकर तथा सिमेण्ट निकासी गर्न प्रयत्न गरी राजस्वमा योगदान गर्ने न्यौपानेले बताए।

गत वर्ष औषत दैनिक २ सय ४२ मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष दैनिक करिब ३ सय ६२ मेट्रिक टन उत्पादन भइरहेको उद्योगले जनाएको छ। ‘पोहोरको तुलनामा ४९/५०५ उत्पादन वृद्धि भएको छ,’ महाप्रबन्धक न्यौपानेले भने, ‘५६ करोड लगानी थपे प्रतिदिन ११ सय मेट्रिक टन उत्पादन गर्न सकिन्छ।’ उद्योगको उत्पादन क्षमता दैनिक ८ सय टन रहेको छ।

सरकारले थप गर्ने लगानी फिर्ता गर्न सक्ने र निकट भविष्य कर्मचारीलाई भुक्तानी गर्नुपर्ने करिब १ अर्ब रूपैयाँ दायित्व उद्योगकै आम्दानीबाट बहन गर्न सकिने कम्पनीले जनाएको छ। कोइलाको भाउ ५० प्रतिशतले, डिजेलको भाउ १ सय प्रतिशतले, कर्मचारीको तलब १५ प्रतिशतले र सोही अनुपातमा भएका अन्य मूल्य वृद्विको कारणले उत्पादन नबढाइ यथास्थितिमा उद्योग चलाइरहन सम्भव नरहेको महाप्रन्धक न्यौपानेले बताए। ‘लगानी थपेर उद्योगको क्षमता बढाउनुको विकल्प छैन,’ उनले भने, ‘नाफामा जान न्यूनतम दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन गर्नैपर्छ।’

निजी क्षेत्रका सिमेन्ट उद्योगले भारततर्फ सिमेन्ट निर्यात सुरु गरेको अवस्थामा उदयपुर सिमेन्ट पनि निर्यात गर्न सकिने व्यवस्थापनले जनाएको छ। भारतको बिहार र उत्तर प्रदेशमा उदयपुरको चुनढुंगाबाट बनेको क्लिंकर निकासी गर्न सकिने उनले बताए। ‘स्वदेशमै पनि खानी नभएका उद्योगलाई क्लिंकर बिक्री गरेर मुनाफा कमाउन सकिन्छ’ उनले भने, ‘सररकारले उद्योगको प्रस्तावलाई सहयोग गर्नुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *