बैंकविरूद्ध संयुक्त रूपमा सडक आन्दोलन गर्ने तयारीमा उद्योगी

काठमाडाैं । आगामी फागुन ५ गते उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु विरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् ।

सयुक्त मूल संघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरुका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु विरुद्ध वृहत संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेको बताउनुभएकाे हाे । व्यवसायीहरुले पछिल्लो समय बैंकहरुले बढाएको चर्को ब्याजदर विरुद्ध आन्दोलन गर्ने बाध्य भएको बताएका छन् ।

संयोजक कटुवालले संचारकर्मीसँग कुरा गर्दै उद्योगी व्यवसायीहरुमा रहेको सिण्डिकेटका अन्त्य र बैंकको ज्यादती विरुद्ध सडक आन्दोलन घोषणा गर्न लागेको बताउनुभयो । समितिले लामो समयदेखि उद्योगी व्यवसायीहरुले उठाउँदै आएका माग सम्बोधन गर्न सरकार उदासिन देखिएकाले सडक आन्दोलनमार्फत आफ्ना मागहरु राख्न बाध्य हुनु परेको जनाएको छ ।

संयोजक कटुवालले उद्योगी व्यवसायीहरुको मागको सुनुवाई सरकारले नगरेकाले व्यवसायीहरुले पुनः सडक आन्दोलनमा जान बाध्य भएको बताउनुभयो । संयोजक कटुवालले उद्योगी व्यवसायीहरुको लागि सरकार, राजनीतिक दल वा दलका नेताहरु कोही पनि जिम्मेवार नभएकाले ९ वटा महासंघ र ३८ वटा संघहरुले संयुक्त सडक आन्दोलन गर्न बाध्य भएको उल्लेख गर्नुभयो ।

उहाँले पछिल्लो कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरुका कुनैपनि माग सम्बोधन नगरेको आरोप लगाउनुभयो । उहाँले उद्योग र व्यापारमा रहेको सिण्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरुको पहुँच सहितको बैंकहरुको ज्यादती विरुद्ध थप आन्दोलनका घोषणा गरिएको बताउनुभयो । उहाँले फागुन ५ गते वृहत र्यालीसहित सडक आन्दोलनमा सम्पूर्ण उद्योगी व्यापारीहरु उक्रने बताउनुभयो ।

उहाँल सम्पूर्ण मुलुक भरमा रहेका उद्योगी,व्यापारी व्यवसायी सम्बन्धित सबै ऋणीहरुलाई आन्दोलनमा सहभागि हुन आग्रह पनि गर्नुभयो । उहाँले बैंकहरुले देखाएको दादागिरीको अन्त्य र निश्चित उद्योगी व्यवसायीहरुको सिण्डिकेटको विरुद्ध एक पटक एक भएर बाहिर आएको स्पष्ट पार्नुभयो । उहाँले सडक आन्दोलन शान्तिपूर्ण हुने बताउनुभयो । उहाँले फागुन ५ गतेको सडक आन्दोलन कुनै सत्ता प्राप्ति वा नेता बन्नको लागि नभई व्यवसायी र व्यापारीहरुको हीतको लागि गर्न लागेको बताउनुभयो ।

उहाँले फागुन ५ गतेपछि पनि सरकारले व्यवसायीहरुको माग सम्बोधन नगरेर थप आन्दोलनका कार्यक्रमहरु गर्दै जाने बताउनुभयो । उहाँले फागुन ५ गतेपछि पहिलो चरणमा सम्पूर्ण उद्योगी व्यवसायीहरुले बैंकिङ कारोबार बन्द गराउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *