काठमाडौं । आईसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र आयोजक नेपालबीच मंगलबारबाट आयोजना हुने त्रिकोणात्मक श्रृंखलामा सुखद् नतिजा निकाल्नका लागि नेपाली टोली तयार रहेको नेपाली टोलीले जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता सुरु हुनु पूर्व आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले नयाँ प्रशिक्षकसँगको १० दिने अभ्यासले खेलाडीको मनोबल उच्च भएको भन्दै सुखद् नतिजा निकाल्न नेपाली टोली तयार भएको बताएका हुन् ।
एक साता अघि मात्र औपचारिक रुपमा नियुक्त भएका प्रशिक्षक मोन्टी देशाईसँग आपूmले उमेर समूहका धेरै खेल खेलिसकेको र नयाँ प्रशिक्षक भएपनि घुलमिल सहजै भएको बताए । प्रशिक्षक देशाईको प्रशिक्षणमा टोली राम्रो भएको बताए । घरेलु मैदानमा हुने श्रृंखला निकै महत्वपूर्ण रहेको भन्दै रोहितले घरेलु मैदानको भरपुर सदुपयोग गर्ने बताए ।
यस्तै, नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले छोटो समयको क्याप निकै फलदायी भएको र १० दिनको अवधिमा आपूmले खेलाडीमा भएको क्षमतालाई निखार्न प्रयास गरेको बताए । प्रशिक्षणको क्रममा प्रशिक्षक देशाईले नेपाली खेलाडीमा आपूmले धेरै क्षमता देखेको र खेलाडीले सो क्षमतालाई खेलमा कार्यन्वयन गर्नेमा आपूm विश्वस्त रहेको बताए । श्रृंखला नेपाली टोलीका लागि निकै महत्वपूर्ण र कठिन भएको भन्दै सुखद् नतिजाका लागि खेल्ने प्रशिक्षक देशाईले बताए ।
देशाईले मंगलबारबाट आयोजना हुने श्रृंखलाका लागि नेपाली टोलीको घोषणा गरिसकेका छन् भने श्रृंखलामा सहभागि हुन स्कटल्याण्ड र नामिबिया पनि नेपाली आइसकेका छन् । स्कटल्याण्ड टोलीका कप्तान रिची बेरिङटनले पनि लिग–२ तालिकामा आफ्नो टोली बलियो अवस्थामा रहे पनि घरेलु दर्शकको उत्साहजनक साथ पाउने नेपालसँग खेल्न सहज नहुने उनले बताए ।
यस्तै, प्रशिक्षक सेन बर्गरले पहिलो पटक नेपाली टोलीसँग नेपालमा प्रष्स्पिर्धा गर्न कठिन हुने बताए । आफ्ना खेलाडी विभिन्न महादेशबाट रहेकाले नेपालको वातावरणमा छिट्टै घुलमिल भएर राम्रो क्रिकेट खेल्ने बताए ।
उता नामिबियका प्रशिक्षक मोर्ने मोर्कलले आफ्नो टोलीको लिगमा ६ खेल बाँकी रहेको र बाँकी सबै खेल निकै महत्वपूर्ण रहेको बताए । उनले आफ्नो टोली शीर्ष चारमा अटाइसेको र आफ्नो लक्ष्य दोस्रो स्थानमा अटाउने लक्ष्यमा रहेको भन्दै नेपालको भ्रमण राम्रो बनाउने लक्ष्य रहेको बताए । श्रृंखला अन्तर्गत स्कटल्याण्डले विश्वकप लिग–२ अन्तिम चार खेल नेपालमा खेल्दै छ ।