काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्रावीच भेटवार्ता भएको छ । अध्यक्ष नेपालको निजी निवास कोटेश्वरमा शिष्टाचार भेट भएको हो ।
भेटका क्रममा समसामयिक राजनीति र दुईदेशबीच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको सचिवालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणामा क्वात्रा काठमाडौं आउनुभएको हो ।
उहाँले नेपालमा अन्य उच्चस्तरीय नेता तथा कुटनीतिज्ञसँग भेटवार्ता गरिसक्नुभएको छ ।