काठमाडौं । स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल बुधवार गृह जिल्ला चितवन जानुहुने भएको छ ।
चिवतनमा राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युुत सबस्टेसनको उद्घाटन गर्न उहाँ गृहजिल्ला जान लाग्नुभएको हो ।
त्यसपछि भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिल्यान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा निर्माण भएको कभर्टहलको पनि अध्यक्ष दाहालले उद्घाटन गर्नुहुनेछ ।
चितवन कांग्रेसले निर्वाचनमा गठबन्धनको विरोध गरेको छ । अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा दाहाल नेतृत्वको माओवादीले राजनीतिक बेइमानी गरेको आरोप चितवन कांग्रेसको छ । निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष दाहालको चितवन दौडधुप बढेको छ ।