काठमाडौं। अनेरास्ववियुको अध्यक्ष पदमा समिक बडाल ९६५ मतसहित निर्वाचित हुनुभएको छ ।
अनेरास्ववियु निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत कुमार खकुरेलका अनुसार उहाँको निकटतम प्रतिपस्पर्धी आरसी लामिछानेले ३५६ मत प्राप्त गर्नुभयो ।यसैगरी, अध्यक्ष पदका उम्मेदवार लोकेश निरौलाले ११३ र मोति विकले ७८ मत ल्याउनुभएको जानकारी उहाँले दिनुभयो । अनेरास्ववियुको नवनिर्वाचित अध्यक्ष बडाल यसअघि महासचिव हुनुहुन्थ्यो ।
२०६२ को स्ववियु निर्वाचनमा त्रिचन्द्र क्याम्पसमा बडाल स्ववियु सदस्यमा निर्वाचित हुनुभएको थियो ।