भारतले दियो दुई सय थान डायलासिस मेसिन

काठमाडौं। नेपाल र भारतको कुटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको अवसरमा भारतले नेपाललाई दुई सय थान मिर्गौला डायलासिस मेसिन प्रदान गरेको छ । स्वास्‍थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त मेसिन नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले स्वास्थ्यमन्त्री पदम गिरीलाई हस्तान्तरण गर्नुभएको हो।

मन्त्री गिरीले धेरै मानिसले समयमै डायलासिस सेवा नपाइरहेको अवस्थामा भारत सरकारबाट प्राप्त दुई सय थान डायलासिसले धेरै हदसम्म समस्या हटाउने बताउनु भयो । ‘हामीले आवश्यक ठाउँमा यी मेसिनलाई पुर्‍याउन सकेमा डायलासिसका लागि समय पर्खिनु पर्ने समस्या हट्छ,ुउनले भने,‘भूकम्प र कोडिभ पछिको अवस्थामा भारत सरकारको सहयोग उल्लेखनीय छ । नेपालको स्वास्थ्य तथा पूर्वाधार विकासको क्षेत्रमा भारतले गरेको सहयोग स्मरणीय छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us