सिन्धुली । सिन्धुलीमा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका-९ चोरखोलामा ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा दुई जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हाे। वीपी राजमार्गमा सवारी चेकजाच गर्ने क्रममा हाइयसमा सवार काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वरका २० वर्षीय अस्मित केसीलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेकाे हो ।
झापाबाट काठमाडाैंतर्फ जाँदै गरेको बा ४ ख ८०९ नम्बरको हायसमा सवार केसीको साथमा रहेको निलो रंगको झोलाभित्र रहेको कालो रंगको जिन्स पाइन्टभित्र कालो रङको प्लाष्टिकमा पोकाेपारी लुकाई छिपाई राखेको लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ ।
केसीको साथबाट लागू औषध नाइट्रोभेट १० लेखिएको ४ सय ४३ पिस ट्याब्लेट १६ पत्ता, डाइजापाम लेखिएको एम्पुल ९७ पिस, फेनारजन लेखिएको एम्पुल ९७ पिस, नाम स्टिकर नभएको एम्पुल ९८ पिस र नरफिन लेखिएको ६ पत्तामा जम्मा १ सय ८ पिस लेबलिङ स्टिकरसहित फेला पारेको प्रहरीले बताएकाे छ । केसीलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय भिमानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे हाे ।
त्यस्तै, शनिबार सर्लाहिबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६७८१ नम्बरको यात्रुवाहक उइनरलाई चेकजाँच गर्ने क्रममा सोही उइनरको सिट नम्बर ३ मा सवार सर्लाही हरिवन नगरपालिका- ३ का ३३ वर्षीय रामेश्वर सिंहलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । चेकजाँच गर्ने क्रममा सिंहको साथमा रहेको खैरो रंगको झोलाभित्र ५ सय एमएलको कोकाकोलाको बोत्तलमा अन्दाजी ४ सय ८० एम एल लागूऔषध कोरेक्स लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको थियो ।
यता जनकपुरबाट काठमाडाैंतर्फ जाँदै गरेको बा.३.ख ७७९४ नम्बकोे यात्रुवाहक हायसलाई चेकजाँच गर्ने क्रममा सोही हायसमा सवार धनुषा मुखियपट्टी मुसरनियाँ गाउँपालिका- ४ का २२ वर्षीय सन्तोष कुमार यादवलाई प्रहरीले पक्राउ गरिएको बताएकाे छ । निज यादवको साथमा रहेको झोलाबाट नेपाली राहदानी थान १५ प्रहरीले फेला पारेको थियो ।