सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं। खाना पकाउने ग्यास लिक भएर सल्केको आगोमा परी घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।

भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीलाई मुखबाटै खाना खुवाइनुका साथै प्रेसर मास्क अक्सिजन ५ लिटर झारिएको अस्पताल परिसरबाट योगराज कँडेलले जनाउनु भएको छ।

कँडेलले अस्पतालमा उपचार गराइरहेको भण्डारीको तस्बिर पनि सार्वजनिक गर्नुभएको छ, ुशुभचिन्तकहरूले विश्वास नगरेका कारण उहाँ सकुशल र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रमाणको रूपमा यो तस्बिर जारी गरिएको छ,’ उहाँले लेख्नुभएको छ।

भण्डारी कम्तीमा २१ दिनसम्म ग्रराफ्टिङको व्याण्डेजमा रहने र इन्फेक्सन हुने सम्भावना भएकोले त्यसपश्चात मात्र भेटघाट गर्न दिने पनि कँडेलले जनाउनु भएको छ। भण्डारीको काउन्सिलिङ डा. प्रशान्त महाराणेले गरिरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us