चरेससहित तीन जना पक्राउ

काठमाडौं। कैलालीको धनगढीबाट सशस्त्र प्रहरीले ९ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका १४ एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल बीओपी फुलवारीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पा जिल्लाको थवाङ्ग गाँउपालिका–५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङ जिल्लाको लालमोटिया गाँउपालिका–१ बस्ने ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुन रहेका सशस्त्र प्रहरीका डीएसपी एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँज गर्दा उनीहरुको साथमा ९ किलो चरेस फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us