काठमाडौं । देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २२ सय ६६ जनाको नमूना परीक्षण गरिएको थियो ।
५ सय ५६ जनाको पीसीआर र १७ सय १० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार देशभर २ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने १२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।